युनाइटेड बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा

युनाइटेड बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा


काठमाडौं महानगरपालिकाको २९ वडामा सञ्चालनमा रहेको युनाइटेड बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त सहकारीका रूपमा घोषणा गरिएको छ । कामपाको मंगलबार (३ मंसिर) बसेको ३८औँ कार्यपालिका बैठकले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

बैठकले महानगरको वडा २९ मा २०६४ सालमा दर्ता भएर सञ्चालनमा आएको सहकारीका सञ्चालक २०७४ सालबाट सम्पर्कविहीन भएको पनि जनाएको छ । महानगरको प्रशासन विभागका प्रमुख नमराज ढकालका अनुसार १५१ जना सञ्चालक रहेको सहकारीका सञ्चालक भागेपछि बचतकर्ताले महानगरमा निवेदन दिएका थिए ।

‘यसअघि सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्रिपरिषद्मा जानुपथ्र्यो, अहिले यो अधिकार नगर कार्यपालिकामा आएको छ । यही व्यवस्थाअनुसार निर्णय भएको हो’, ढकालले बताए ।

कामपामा हाल एक हजार ८४८ सहकारी संस्था रहेको तथ्याङ्क छ ।