महिला भलिबल टिमलाई बाणिज्य बैकको सम्मान

महिला भलिबल टिमलाई बाणिज्य बैकको सम्मान


बंगलादेशमा हालै सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा पहिलो स्थान हात पार्न सफल महिला भलिबल टिमलाई राष्ट्रिय बाणिज्य बैकले एक कार्यक्रमको आयोजना गर्दै सम्मान तथा बधाई ज्ञापन गरेको छ ।

बाणिज्य बैकका कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले खेलाडीहरुलार्य माला तथा मायाको चिनो सहित टिमलाई कदरपत्रद्वारा सम्मान गरेका थिए । भलिबललाई पहिलो ठूलो प्रायोजकको रुपमा रहेको बाणिज्य बैकले नेपाल भलिबल संघलाई दुई बर्षका लागि २२ लाखको सहयोग गर्दै आएको छ ।

महिला टिम तथा संघलाई बधाई दिैदै कार्यकारी अधिकृतले बाणिज्य बैकले गरेको लगानीको प्रतिफल नेपाली टोलीले छिटै नै प्रदान गरेको भन्दै आगामी दिनमा पनि यस किसिमको सफलता प्राप्त होस भनि शुभकामना ब्यक्त गरे । उनले आगमी दिनमा अझ बढि भलिबललाई प्रायोजन गर्ने प्रेरणा मिलेको बताए ।

कार्यक्रममा भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले नेपाली भलिबललाई पहिलो प्रायोजकका रुपमा रहेको बाणिज्य बैकलाई आफुले गुनको बदला सुन दिने भनेर प्रतिवद्धता ब्यक्त गरेको नेपाली महिला भलिबल टिमले साकार पारेको बताए । नेपाली महिला भलिबल टिमले पहिलो सेन्ट्रल जोन प्रतिस्पर्धाको उपाधिलाई आफ्नो पोल्टामा पार्न सफल भएको थियो । सोही अवसरमा नेपाली महिला भलिबल टिमलाई मलेसियाका खेल सामग्री का ब्यापारी स्टुवार्टले दुई सेट जर्सी प्रदान गरेका थिए ।