आइस हक्कीको अध्यक्षमा पाठक निर्विरोध

आइस हक्कीको अध्यक्षमा पाठक निर्विरोध


नेपाल आइस हक्की संघको अध्यक्षमा भुवन पाठक निर्विरोध चयन भएका छन् । संघको दोश्रो साधारणसभाले पाठकको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको छ ।

त्यस्तै, उपाध्यक्ष त्रयमा श्रीविक्रम भण्डारी, विजय खड्का र मदन केसी, महासचिवमा गणेश रिमाल, सचिवमा मनोज ढुंगेल र कोषाध्यक्षमा हरि मानन्धर निर्विरोध चयन भएका छन् । यसैगरि सदस्यमा प्रज्ज्वल थापा, मुकेश शाही, देवकृष्ण थापा, लेखनाथ शर्मा पराजुली, श्रेया केसी, रोजेश रिजाल, कमल शर्मा आचार्य, गोविन्दसिंह डंगोल, ठाकुरप्रसाद पौडेल र दिलबहादुर तामाङ सदस्यमा चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई राष्ट्रिय खेलकुद परिषदका प्रमुख निर्वाचन अधिकृत ज्ञानेन्द्र श्रेष्ठ लगायतका अधिकृतहरुले प्रमाणपत्र प्रमाणपत्र वितरण गरेका थिए ।

साधारणसभाको प्रतिनिधिसभाका सांसद तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए । सो अवसर प्रमुख अतिथि श्रेष्ठले आइस हक्की महँगो खेल भए पनि यसको विकास नेपालमा सम्भव भएको खुलासा गरे । आफू पनि नेपाल स्की संघको अध्यक्ष भएको जानकारी गराउँदै यी खेलको विकास र विस्तारमा निकै मेहनत गर्नुपर्ने धारणा राखेका थिए ।

आइस हक्की नेपालमा सम्भावना बोकेको खेल भएको बताउँदै श्रेष्ठले भने– तपाईंहरुले यो खेलको विकासको लागि जुन आँट, साहस र प्रयास गरिरहनुभएको छ त्यो प्रशंसनीय भएको बताए । आईस हक्की समाजको समृद्धिसँग जोडिएको खेल भएकोले यो खेलका नेपाली खेलाडीले राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा खेलेको हेर्ने आफ्नो रहर भएको पनि खुलासा गरे ।’

त्यस्तै नवनिर्वाचित अध्यक्ष भुवन पाठकले आपसमा मिलेर मात्र आइस हक्कीको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा विकास गर्न सकिने बताउँदै त्यसको लागि नव निर्वाचित कार्यसमितिका पदाधिकारी र जिल्ला साथीहरुको विशेष सहयोग चाहिने बताए ।

साधारणसभामा कोषाध्यक्ष हरि मानन्धरले आर्थिक र महासचिव गणेश रिमाल विगत चार बर्षको प्रतिवेदन पेस गरेका थिए । साधरणसभामा २१ जिल्लाका प्रतिनिधि सहभागिता जनाएका थिए । कार्यक्रम संघका उपाध्यक्ष विजय खड्काले संचालन गरेका थिए ।