ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


नेपाल राष्ट्र बैंकले तीन अर्ब ८५ करोड ५० लाख (३८५.५० करोड) बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले जनाएअनुसार सोमबार (२ मंसिर) उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो । दुई अर्ब ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको बैंकले प्रष्ट्याएको छ । आगामी फागुन ६ गते उक्त बिल परिपक्व हुनेछ ।

यस्तै, एक अर्ब ८५ करोड बराबरको ट्रेजरी बिल १८२ दिने अवधिको छ । सो बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ । यसअघि बैंकले गत कात्तिक २५ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।