कूल ४८ पदका लागि २७३ उम्मेदवारको टुङ्गो

कूल ४८ पदका लागि २७३ उम्मेदवारको टुङ्गो


आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि स्थानीय तहका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । निर्वाचन आयोगले स्वीकृत निर्वाचन कार्यतालिका अनुसार एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष र एक उपाध्यक्ष तथा ४३ वडाध्यक्ष पदका उम्मेदवारको अन्तिम नामावली शनिबार प्रकाशन गरेको हो ।

आयोगले जनाएअनुसार कूल ४८ पदका लागि २७३ उम्मेदवारको नामावली टुङ्गो लागेको छ । जम्मा २८२ उम्मेदवारको मनोनयपत्र दर्ता भएकामा नौ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।