अर्घाखाँची समाज जापानको तेश्रो अधिवेशन जनवरी २ मा हुने

अर्घाखाँची समाज जापानको तेश्रो अधिवेशन जनवरी २ मा हुने


  • विशेष प्रतिनिधि, जापान

अर्घाखाँची समाज जापानको तेश्रो अधिवेशन आगामी जनवरी २ तारिख टोकियोमा हुने भएको छ ।

यही नोभेम्बर १३ टोकियोमा बसेको कार्यसमितिको नियामित बैठले उक्त निर्णय गरेको हो । बैठकले तेश्रो अधिवेशनको लागि ‘सम्पूर्ण अर्घाखाँचीबासीको ऐक्यवद्धता, आपसी सहयोग, मित्रता र सदभावप्रति हाम्रो प्रतिबद्धता’ भन्ने नारा तय गरेको छ ।

अर्घाखाँची जिल्लाबाट जापानमा आई पेशा ब्यवसाय, अध्ययन अध्यापनसहित विविध क्षेत्रमा छरिएर रहनु भएकाहरूलाई एउटै संस्थामा समेटेर २०१५ मा स्थापाना भएको समाज जापानवासी अर्घाखाँचेलीहरूको साझा घर बनेको छ । समाजले आफ्नो स्थापनाकालदेखि नै जापान र नेपालका विभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आइरहेको छ । विशेष गरी अर्घाखाँची जिल्लामा असाय, गरिब तथा जटिल स्वास्थ्य समस्या भएका दर्जनौँ क्षेत्रमा सहयोग गर्दै आइरहेको समाजका महासचिव बाबुराम पौडेलले जानकारी दिनुभयो ।

समाजले विशेषगरी अर्घाखाँचीबाट जापान आएर समस्यामा पर्नुहुने, अकालमा मृत्युवरण गर्नेहरूको निम्ति विशेष कोषको स्थापाना गरी काम गर्दै आइरहेको छ । अधिवेशनलाई भब्य बनाँदै सबै क्षेत्रमा छरिएर रहेका अर्घाखाँचीवासीहरूलाई समेटनको लागी अध्यक्ष नेत्र बिस्टको नेतृत्वमा मुल ब्यवस्थापन समितिसहित विविध उपसमितिहरू निर्माण गरेको छ ।

अधिवेशन तथा नयाँ वर्ष २०२० को अवसरमा जिल्लावासीहरूबीच शुभकामना आदानप्रदानको कार्यक्रम एकैदिनमा गर्ने निर्णय गरेको समाजले कार्यक्रम भने दुई चरणमा विभाजन गरीएको छ । जनवरी २ तारिख बिहान १० बजे देखि ३ बजेसम्म बन्दसत्र र नेतृत्व चयन गरी ३ बजेदेखि घोषणासभा तथा शुभकामना आदानप्रदान कार्यक्रम रहेको समाजका अध्यक्ष नेत्र बिस्टले जानकारी दिनुभयो । अधिवेशनमा समाजका महासचिवको सांगठानिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन र आगामी कार्ययोजना तय गर्ने छ । अधिनेशनको नयाँ नेतृत्व चयनको लागि समाजका संरक्षक ज्योतिष घर्ती मगरको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति बनाएको छ ।

बैठकले अधिवेशनमा सम्पूर्ण जापानवासी अर्घाखाँचीवासीहरूलाई उपस्थितको लागि आग्रह गरेको महासचिव पौडेलले जानकारी दिनुभयो ।