ट्रम्पद्वारा फैसला उल्टाउन सर्वोच्च अदालतसँग माग

ट्रम्पद्वारा फैसला उल्टाउन सर्वोच्च अदालतसँग माग


अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कर फिर्तासम्बन्धी कागजपत्र माग गरिएको फैसला उल्टाउन सर्वोच्च अदालतसँग माग गरेका छन् ।

सो कुरा राष्ट्रपति ट्रम्पका व्यक्तिगत वकिल जय सेकुलोद्वारा बिहीबार जारी वक्तव्यमा उल्लेख गरिएको छ । अभियोजनकर्ताहरूको मागपछि एउटा फौजदारी अनुसन्धानअन्तर्गत ती कागजपत्र उपलब्ध गराउन म्यानहाटनको अदालतले ट्रम्पका नाममा आदेश दिएको थियो ।

न्युयोर्कस्थित जिल्ला वकिलको कार्यालयमार्फत राष्ट्रपति ट्रम्पको तर्फबाट फैसला उल्टाउन माग गरिएको उनले बताए । फैसला उल्टाउन ट्रम्पले गरेको यो मागलाई करसम्बन्धी विवरणलाई गोप्य राख्ने अर्को प्रयासको रूपमा लिइएको छ ।

यसअघिको राष्ट्रपतीय चुनावअघि ट्रम्पसँग सम्बन्ध रहेको भनिएका दुई महिलालाई तिरिएको भनिएको रकमबारेको अनुसन्धानअन्तर्गतका कागजपत्रहरू अदालतले माग गरेको थियो ।
ट्रम्पका वकिलहरूले राष्ट्रपति पदमा बहाल रहेका बेला उनीविरुद्ध फौजदारी अनुसन्धान हुन नसक्ने जिकिर गरिरहेका छन् । उनीहरूले सर्वोच्च अदालतले उक्त संवैधानिक विषयलाई राष्ट्रपतिले पाउने उन्मुक्तिसँग जोडेर हेर्नुपर्ने माग गरिरहेको समाचारमा जनाइएको छ ।
रासस–सिन्ह्वा