प्रतिबन्धित नेकपाका जाजरकोट जिल्ला इञ्चार्ज पक्राउ

प्रतिबन्धित नेकपाका जाजरकोट जिल्ला इञ्चार्ज पक्राउ


विप्लव नेतृत्वको नेकपाका जाजरकोट जिल्ला इञ्चार्ज धमिल उपनामका प्रेमप्रकाश ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चन्दा आतङ्क मच्चाएको, एनसेल टावरमा आक्रमण गरेको र वडा कार्यालयमा आगजनी गर्ने विध्वंशात्मक कार्यमा संलग्न रहेको अभियोगमा उनलाई बिहीबार राति बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जाजरकोटस्थित नलगाड नगरपालिकाको रघुनाथमा घर भई पूर्वमाओवादी लडाकुसमेत रहेका ओली प्रतिबन्धित नेकपाको जाजरकोट इन्चार्जको रुपमा सक्रिय रहँदै आएका सुरक्षा सुत्रको दाबी छ ।