दुई साताभित्रै स्थायी राजधानी र प्रदेश नामकरण टुङ्गिने डोरमणिको दाबी

दुई साताभित्रै स्थायी राजधानी र प्रदेश नामकरण टुङ्गिने डोरमणिको दाबी


प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ३ नम्बर प्रदेशको स्थायी राजधानी र नामकरण आउँदो १५ दिनभित्र टुङ्गिने दाबी गरेका छन् । हेटौँडामा बिहीबार (२८ कात्तिक) आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री पौडेलले राजधानी र नामकरण विषयको चर्चा अति भएको भन्दै आगामी पन्ध्र दिनभित्रै टुङ्ग्याएर देखाउने प्रतिबद्धता जनाएका हुन् ।

आन्तरिक राजश्व विभाग र सिस्नुपानी नेपालद्वारा हेटौँडामा आयोजित करमैत्री यात्रा हास्यब्यङ्ग्य मनोरञ्जन कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले कर तिर्नु सबैको दायित्व भएको सुझाव पनि दिए । जनताले कर तिरेर सरकारको कामलाई सहयोग गर्नुपर्नेमा उनको जोड थियो ।