भारतमा बस र टेम्पो ठोक्किँदा सातको मृत्यु, बाह्र घाइते

भारतमा बस र टेम्पो ठोक्किँदा सातको मृत्यु, बाह्र घाइते


भारतको राजस्थान राज्यमा बुधबार राति भएको दुर्घटनामा परी कम्तीमा सातजनाको मृत्यु भएको छ ।

यात्रुबाहक बस र टेम्पो एक–आपसमा ठोक्किँदा भएको सो दुर्घटनामा परी अरु बाह्र घाइते भएका छन् । राजस्थान राज्यअन्तर्गत पर्ने खातुश्याम्जी भन्ने ठाउँमा दुर्घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

‘घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ,’ स्थानीय प्रहरी प्रमुख दिनेश कुमारले भने ।
rss