अपाङ्गता भएका व्यक्तिका लागि जनचेतनामूलक कार्यक्रम

अपाङ्गता भएका व्यक्तिका लागि जनचेतनामूलक कार्यक्रम


सिरहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले राजविराजमा अपाङ्गता भएका व्यक्तिका लागि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

सगरमाथा अपाङ्ग संघको स्थानीय व्यवस्थापनमा सम्पन्न कार्यक्रमका सहभागीहरुलाई आँखा तथा कानको स्वास्थ्यसम्बन्धी जनचेतना प्रवाह गरिएको संघका अध्यक्ष बलदेव मण्डलले बताए ।

सगरमाथा चौधरी आँखा अस्पतालले उदयपुरपछि सप्तरीमा अपाङ्गता भएका व्यक्तिहरुमाझ जनचेतना फैलाउन आँखा तथा कानको स्वास्थ्यसम्बन्धी जानकारी प्रदान गरिएको अस्पतालका आँखा शिक्षा प्रशिक्षक रुवी दासले बताइन् ।

अपाङ्गताको परिभाषा, प्रकार, राज्यले दिएको अधिकार, अपाङ्गता भएको व्यक्तिलाई राज्यले दिने गरेको परिचयपत्र र दिगो विकास बारे समेत सहभागीहरुलाई जानकारी दिइएको प्रशिक्षक दासले जानकारी दिइन् ।

कार्यक्रममा प्रशिक्षक दाससहित संघका अध्यक्ष बलदेव मण्डल, सचिव वीरेन्द्र कुमार चौधरी र कोषाध्यक्ष रामचन्द्र यादवले समेत कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

मंगलबार (२६ कात्तिक) भएको जिल्लाका सबै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी अपाङ्गता भएका ४० जनाको सहभागीता रहेको थियो ।