शिवराज १० मा वडाध्यक्षको लागि बाह्र जना भिड्दै

शिवराज १० मा वडाध्यक्षको लागि बाह्र जना भिड्दै


■ नारद कोहार, कपिलवस्तु

जिल्लाको शिवराज नगरपालिका वडा नं. १० को उपनिर्वाचनमा वडा अध्यक्ष पदका लागि ५ जना स्वतन्त्र उम्मेदवार सहित १२ जनाले आज (२७ कात्तिक) उम्मेदवारी दर्ता गराएका छन् । सात राजनैतिक दलबाट सात जना र स्वतन्त्र रुपमा पाँच जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसका तर्फबाट देवराज भारतीले उम्मेदवारी दर्ता गराएका छन् । देवराज पूर्व वडाअध्यक्ष शकुन्तला भारतीका छोरा हुन् । पूर्व वडाअध्यक्ष शकुन्तलाको निधन भएपछि वडा नं. १० मा उपनिर्वाचन हुन लागेको हो । वडाअध्यक्ष पद हात पार्न नेपाली कांग्रेसले पूर्व वडाअध्यक्ष शकुन्तलाका पुत्र देवराजलाई उम्मेदवार बनाएको हो । वडा अध्यक्ष पदमा भारती नै निर्वाचित हुनेमा आफुहरु पूर्ण आश्वस्त भएको नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले बताए ।

त्यसै गरी राजपाले केन्द्रिय नेता रविदत्त मिश्राकी पत्नी मन्जु मिश्रालाई उम्मेदवार बनाएको छ । रविदत्त मिश्रा साविक लालपुर गाविसका अध्यक्ष हुन् । आफुले तत्कालीन अवस्थामा अध्यक्ष हुंदा र अहिलेको अवस्थामा समेतउम्मेदवार बनाएको छ । रविदत्त मिश्रा साविक लालपुर गाविसका अध्यक्ष हुन् । आफुले तत्कालीन अवस्थामा अध्यक्ष हुंदा र अहिलेको अवस्थामा समेत जनताको सेवा गर्दै आएका कारण जित आफुहरुकै हुने राजपा नेता रवि दत्त मिश्राले बताए ।

त्यसैगरी नेकपाबाट अदालत मनिहार, सिके रावत नेतृत्वको जनमत पार्टीबाट मोहम्मद हमिद गद्दी, राष्ट्यि प्रजातन्त्र पार्टीबाट बलभद्र मिश्रा, राष्ट्यि जनता पार्टीबाट मन्जु मिश्रा, राप्रपा संयुक्तबाट नुर मोहम्मद मनिहारले उम्मेदवारी दर्ता गराएका छन् । रामप्रसाद कोरी, मोहम्मद रफिक मनिहार, शिवभक्त ठाकुर नाऊ, शिव नारायण कुर्मी र शिवलाल यादवले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

मतदानका लागि कुल २०७२ मतदाता रहेका छन् । मतदान २ स्थानका ३ मतदान केन्द्रबाट हुने जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले बताए । नेपाल जनता आधारभूत प्रा।वि। लालपुरमा एक मतदान केन्द्र र नेपाल राष्ट्यि आधारभूत प्रावि सितलपुरमा दुई मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी भण्डारीले बताए ।

उम्मेदवारी दर्ताका लागि उम्मेदवारहरुलाई समर्थन र हौसला प्रदान गर्न सांसद अभिषेकप्रताप शाह, पूर्वमंत्री दिपकुमार उपाध्याय, पूर्वसभापति सुधाकर पाण्डेय, नेपाली कांग्रेसका युवा नेता अजय थापा, जिल्लासचिव महेन्द्र पाठक, प्रेम बहादुर रायमाझीको उपस्थिति रहेको थियो । यसैगरी नेकपाका नेता महादेव पोख्रेल, राजपाका नेता रविदत्त मिश्रा लगायतको उपस्थिति रहेको थियो ।