पेस्तोलसहित अटोचालक पक्राउ

पेस्तोलसहित अटोचालक पक्राउ


अटो रिक्सामा नालकटुवा पेस्तोल राखेर घुमिरहेका एक चालकलाई प्रहरीले बुधबार नेपालगञ्जबाट पक्राउ गरेको छ । डुडुवा गाउँपालिका–४ उचेम साहका मेराजअलि सैयदलाई आज बिहान पेस्तोलसहित पक्राउ गरिएको बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार बुधबार बिहान नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुर चोकबाट भे.१स ८३२६ नम्बरको अटोरिक्साको डिक्कीमा कालो प्लास्टिकको झोलामा लुकाएर राखिएको पेस्तोल बरामद भएको थियो । बरामद भएको पेस्तोल, अटो र त्यसका चालक सैयदलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए ।

यसअघि यही कात्तिक १४ गते जानकी गाउँपालिका–६ गनापुरस्थित नमस्ते भिलेज रेष्टुराबाट तरुण दलका जिल्ला सभापति सन्दीपजंग शाहलाई पनि उनको कारमा राखिएको अमेरिकन पेस्तोलसहित कोहलपुर इलाका प्रहरी कार्यालयले नियन्त्रणामा लिएको थियो ।