‘फिसु’ केन्द्रीय सदस्यका लागि बोहराको उम्मेदवारी

‘फिसु’ केन्द्रीय सदस्यका लागि बोहराको उम्मेदवारी


अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ ‘फिसु’को ३६औं साधारणसभा नोभेम्वर १४ देखि १७ तारिखसम्म इटालीको टोरीनो शहरमा हुँदैछ । उक्त साधारणसभामा विश्वका १ सय ७८ राष्ट्रले सहभागिता जनाउँदै छन् । यो साधारणसभाले आगामी ४ वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

फिसुको यो साधारणसभामा दक्षिण एसियाको तर्फबाट विश्वविद्यालय खेलकुद संघका महासचिव पूर्ण सिंह बोहराले सदस्यमा उम्मेदवारी दिएका छन् । १५ जना केन्द्रीय सदस्यको लागि ४५ जनाले उम्मेदवारी दिएको पनि बुझिएको छ ।

ज्ञात रहोस्, अध्यक्षको उम्मेदवार यसअघि नै निर्विरोध निर्वाचित भैसकेका छन् ।