निदान अस्पतालका सीईओसहित पाँचजना कारागार चलान

निदान अस्पतालका सीईओसहित पाँचजना कारागार चलान


सम्बन्ध नै नभएको व्यक्तिलाई नक्कली भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा ललितपुरस्थित निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित पाँचजनालाई कारागार चलान गरिएको छ ।

ललितपुर जिल्ला अदालतले पाँचैजनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि उनीहरूलाई जेल चलान गरिएको हो ।

जेल चलान हुनेहरूमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विपेन्द्र प्रधान, चिकित्सक डा. राजेश पन्त, कानुनी सल्लाहकार कुमुद भट्टराई, ललितपुर जिल्ला प्रशासन कार्यालयका तत्कालीन अधिकृत रामचन्द्र आले र मिर्गाैला ग्रहण गर्ने शंकरलाल लामा रहेका छन् ।