तीन लाख ६० हजार नगदसहित दश जुवाडे पक्राउ

तीन लाख ६० हजार नगदसहित दश जुवाडे पक्राउ


नेपाल प्रहरीले नागार्जुनबाट रु. तीन लाख ६० हजार नगदसहित १० जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले नागार्जुन नगरपालिका–३ इचंगुनारायणमा कौडा खेलिरहेको अवस्थामा मंगलबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले ठूलो रकम हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग प्रहरीले तीन लाख ६० हजार नगद र १६ थान कौडा बरामद गरेको वृत्तले जनाएको छ ।