कार्यालय सहयोगीलाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

कार्यालय सहयोगीलाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ


कैलालीको मोहन्याल गाउँपालिका–५ का वडाध्यक्ष छविलाल हौजाली पक्राउ परेका छन् ।

कार्यालय सहयोगी तुलसरा सिँजालीलाई निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष हौजाली पक्राउ परेका हुन् । पीडित महिलाले वडाध्यक्ष हौजालीले आफूमाथि निर्घात कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएपछि वडाध्यक्ष हौजालीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशशरण भट्टले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रमुख भट्टले जानकारी दिए ।