रौतहटको मठिया प्रहरीचौकीमा विस्फोट

रौतहटको मठिया प्रहरीचौकीमा विस्फोट


रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरीचौकीमा विस्फोट भएको छ । विस्फोटका कारण चौकीको सेन्ट्रीमा बसेका प्रहरी जवान रञ्जित यादव घाइते भएका छन् ।

विस्फोट मंगलबार दिउँसो करिब सवा दुईको हाराहारीमा भएको बताइएको छ ।

घटनामा संलग्न सहेको आशंकामा एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत बिहारका चन्दन कुमार छन् । उनीसँगै रहेका अर्का एकजना भने फरार रहेका छन् । उनीहरू सवार बीआर०५एच६५०९ नम्बरको भारतीय मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनास्थल नेपाल–भारत सीमानजिकै रहेको र विस्फोटको खबर प्राप्त हुनेबित्तिकै जिल्लाबाट थप सुरक्षाकर्मी पठाइएको प्रहरीले बताएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान थालेको बताइएको छ ।