विख्यात गायिका लता मंगेशकर गम्भीर रूपले अस्वस्थ

विख्यात गायिका लता मंगेशकर गम्भीर रूपले अस्वस्थ


भारतीय सिने–संसारकी सर्वश्रेष्ठ गायिका लता मंगेशकर गम्भीर रूपले अस्वस्थ भएकी छन् । आज (२५ कात्तिक) छातीमा इन्फेक्सन भएपछि नब्बे वर्षीया मंगेशकरलाई मुम्बईस्थित ब्रीच क्यान्डी अस्पताल लगिएको भारतीय मिडियाहरुले जनाएका छन् ।

गायिका मंगेशकरको अवस्था गम्भीर रहेको सम्बन्धित चिकित्सकको भनाई उद्धृत गर्दै एजेन्सीहरुले समाचार सम्प्रेषण गरेका छन् । सोमबार दिउँसो २ बजेतिर अस्पताल पुऱ्याइएकी लतालाई आईसीयुमा राखेर उपचार जारी राखिएको छ ।

भारत रत्न, दादा साहेब फाल्के जस्ता भारतका अत्यन्त प्रतिष्ठित पुरस्कारबाट सम्मानित स्वर कोकिला मंगेशकरले हजारौँ गीत गाएकी छिन् भने उनद्वारा गाइएका सबैजसो गीत रुचाइएका छन् ।