पार्टी एकीकरणले पूर्णता पाएको सत्तारुढ नेकपाको दाबी

पार्टी एकीकरणले पूर्णता पाएको सत्तारुढ नेकपाको दाबी


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले केन्द्रीय निकायका साङ्गठानिक विभाग गठन गर्ने कार्यलाई पूर्णता दिएको छ । गठन गर्न बाँकी तीनवटा आयोग, सल्लाहकार कमिटी र ज्येष्ठ कम्युनिष्ट मञ्चको अध्यक्ष र सचिव चयन गर्दै सो कार्यलाई पूर्णता दिइएको पार्टी प्रवक्ता नाारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (२५ कात्तिक) बसेको सचिवालय बैठकले पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृतकुमार बोहरा तथा सचिवमा अशोक रोकाय र केन्द्रीय लेखापरीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल तथा सचिवमा टेकनाथ आचार्यलाई चयन गरेको हो ।

प्रवक्ता श्रेष्ठका अनुसार केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ तथा सचिवमा माधव पौडेल, केन्द्रीय सल्लाहकार कमिटीको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापालाई र ज्येष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाइँ र सचिवमा गोविन्द ज्ञवालीलाई चयन गरिएको छ । यससँगै पार्टी एकीकरणले पूर्णता पाएको दाबी उनले गरेका छन् ।