अज्ञात समूहद्वारा बसमा आगजनी

अज्ञात समूहद्वारा बसमा आगजनी


कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखिरहेको काक्रेबिहार यातायातको ना.४ख ७३५० नम्बरको बसमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ ।

केही दिनअघिदेखि त्यस क्षेत्रको बाटोछेउमा पार्किङ गरी राखिएको सो बसमा गएराति अज्ञात समूहले आगजनी गरेको सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख हरिशरण भट्टले जानकारी दिए ।

दैलेखका धनराज शाहीको नाममा रहेको सो बस उनका छोराले मासिक भाडामा उठाउँदै आएको जानकारी प्राप्त भएको प्रमुख भट्टले बताए ।