‘युनिफिकेशन ट्रेल’बारे जानकारी

‘युनिफिकेशन ट्रेल’बारे जानकारी


पृथ्वीनारायण शाहले देश एकीकरणका बेला प्रयोग गरेका मार्गलाई ‘युनिफिकेशन ट्रेल’ रुपमा संरक्षण गरिने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले प्रतिबद्धता जनाएका छन् । सिन्धुलीको ऐतिहासिक स्थल सिन्धुलीगढीमा आइतबार (२४ कात्तिक) आयोजित २५२औँ विजयोत्सव समारोहमा उनले पदमार्गको संरक्षण गर्ने विश्वास दिलाएका हुन् ।

नेपाल एकीकरणको अभियानमा प्रयोग भएका देशभरी ऐतिहासिक पदमार्ग ती सबै पदमार्गलाई जोडेर ‘युनिफिकेशन ट्रेल’को अवधारण प्रस्तुत गरिएको र चाँडै कार्यान्वयन हुने जानकारी दिँदै उपप्रधान एवम् रक्षामन्त्री पोखरेलले सन्धुलीगढीको पुनःनिर्माण गर्ने बताए । राष्ट्रियताका विषयमा एकताबद्ध हुने सूत्र निर्माण गर्नु मुख्य उद्देश्य भएको उनको भनाई थियो ।

सिन्धुलीगढी सङ्ग्रहालय यसैको उपज भएको भन्दै उप्रधानमन्त्री पोखरेलले सिन्धुलीगढीलाई चिनाउने कृष्णविक्रम थापाको योगदानलाई सङ्ग्रहालयमा स्थान दिइने जानकारी दिए । सिन्धुलीगढी नेपाली र नेपाली सेनाको जीवित इतिहास भएको भन्दै उनले पूर्वजले राज्यको विरासत र इतिहास संरक्षण र प्रवद्र्धन गर्दै भावि पुस्तालाई हस्तान्तरण गर्ने योजना पूरा गर्ने बताए ।

उप्रधानमन्त्री पोखरेलले भने, ‘सिन्धु्लीगढी सङ्ग्रहालय, दरबाको पुनःनिर्माण निर्धारित समयमा पूरा हुनेछ, राष्ट्रिय भावनालाई जागृत गराउने ऐतिहासिक स्थानका रुपमा सिन्धुलीगढी स्थापित हुनेछ र यस कार्यका लागि वर्तमान सरकार लागेको छ ।’

pict:rss