पश्चिम बंगाल र उडिसामा बुलबुल आँधी, जनजीवन प्रभावित

पश्चिम बंगाल र उडिसामा बुलबुल आँधी, जनजीवन प्रभावित


बंगलादेशमा बुलबुल नामक आँधीका कारण जनजीवन प्रभावित बनेको छ । ‘बुलबुल’ नामक उक्त आँधीका कारण पश्चिम बंगालको तटीय क्षेत्र प्रभावित बनेको छ ।

उक्त आँधीको केन्द्र्र पश्चिम बंगालको २४ परगना जिल्लाको सुन्दबनी नेसनल पार्कबाट दक्षिण रहेको बताइएको छ । करिब सय किलोमिटर प्रतिघन्टाको गतिमा रहेको उक्त आँधीबाट पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै आँधी प्रभावित चार लाख मानिसलाई त्यहाँबाट सुरक्षित स्थानतर्फ सारिएको बंगलादेशको विपद व्यवस्थापन मन्त्रालयले जानकारी दिएको छ ।

सोही आँधीका कारण भारतको उडिसाको कृषि क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ । आँधीले उडिसाका उत्तरी–तटीय जिल्लामा ६ लाख हेक्टर जमिनमा लगाइएको ३० देखि ४० प्रतिशत धान नष्ट भएको छ ।

भारतीय मौसम विभागका अनुसार बंगलादेश र पश्चिम बंगालको तटीय इलाकामा आएको सो आँधी आज (आइतबार) बिहानदेखि कमजोर बनेको छ ।

आँधीअघि भएको भारी वर्षाका कारण दुईजनाको मृत्यु भएको छ ।