नवनियुक्त राजदुत दाहाल शनिबार अष्ट्रेलिया आइपुगे

नवनियुक्त राजदुत दाहाल शनिबार अष्ट्रेलिया आइपुगे


■ राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

अस्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदुत महेश कुमार दाहाल शनिबार अस्ट्रेलियाको राजधानी क्यानबेरा आइपुगेका छन् ।

राजदुत दाहालले आगामी बुधबार (१३ नोभेम्बर) क्यानबेरामा गर्भनरसमक्ष ओहदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम रहेको छ । तत्पश्चात मात्र दाहालले आधिकारिक रुपमा राजदुतको कार्यभार संहाल्ने बुझिएको छ ।

पछिल्लो पटक उच्च शिक्षा अध्ययनका लागि आकर्षणको मुलुकमा परेको अष्ट्रेलियामा हाल अध्ययनरत नेपाली विद्यार्थीको संख्या मात्र पचास हजार भन्दा बढी रहेको आँकडाले देखाउँछ । यो नेपाली राजदुतावासको पहिलो सरोकारको विषयभित्र पर्ने यहाँ रहेका नेपालीहरू बताउँछन् । अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूको समस्या र त्यसको समाधानको लागि राजदूतावासले विशेष भूमिका खेल्न सक्ने सरोकारवालाको धारणा छ ।

कुटनितिक क्षेत्रमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोगका पाटाहरु महत्वपुर्ण रहँदै आएको छ । अस्ट्रेलियाका लागि नेपाली राजदुतावासले अष्ट्रेलियालगायत न्युजिल्यान्ड, पपुवा न्युगिनी र फिजी पनि हेर्ने गर्दछ ।