ड्युटीमा जान तयार हुँदा मलेसियामा यादवको मृत्यु

ड्युटीमा जान तयार हुँदा मलेसियामा यादवको मृत्यु


सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ । मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको उनका आफन्तले जानकारी दिएका हुन् ।

यादव दुई वर्षअगाडि रोजगारीको सिलसिलामा मलेसिया पुगेका थिए ।

मृतक यादवका जेठान सुरेन्द्रकुमार यादवले दिएको जानकारीअनुसार अचानक बेहोस भएर उनको मृत्यु भएको हो । तर, कुन कारणले मृत्यु भएको भन्नेबारे यकिन हुन सकेको छैन ।

यादवका परिवारले मृतकको शव नेपाल ल्याइदिनका लागि नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न निकायलाई आग्रह गरेको छ ।