कलाकार रत्नको उपचार खर्च जुटाउन जापानमा अभियान चलाइँदै

कलाकार रत्नको उपचार खर्च जुटाउन जापानमा अभियान चलाइँदै


■ श्याम क्षेत्री, टोकियो

पुराना गायक एवं कलाकार रत्न बाँनिया यतिबेला दुवै मृगौला फेल भएर अस्पतालको शैयामा छन् । लगातारको उपचार प्रक्रियाका कारण उनको आर्थिक अवस्था नाजुक भैसकेको छ।

कर्णप्रिय गीतहरु लडाईंको लाहुरे, जिन्दगी के छ, पानमा सुपारी, मुटु जलाई जलाई जस्ता सयौँ गीत गाएका अग्रज गायक तथा सर्जक रत्न बानियाँको उपचारको लागि जापानमा रहेका नेपाली समुदायबाट आर्थिक संकलनको अभियान चलाइएको छ। यस अभियानको संयोजन राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान जापान साखाले गरेको छ। यस्तो आपतविपत सबैलाई पर्न सक्ने भन्दै सबैमा यथासक्दो सहयोग गरिदिनु हुन राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान जापान साखाका अध्यक्ष सुर्य खड्काले अनुरोध गरेका छन्।