१३औँ साग : राखेपले अझै पत्रकार सम्मेलनसमेत गर्न सकेन

१३औँ साग : राखेपले अझै पत्रकार सम्मेलनसमेत गर्न सकेन


■ श्रीविक्रम भण्डारी

नेपालका आयोजना हुन गैरहेको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आयोजना हुन तीन साता बाँकी रहँदासमेत युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदले पत्रकार सम्मेलनगरि प्रतियोगिताको आयोजनाको बारेमा अहिलेसम्म कुनै जानकारी गराउन सकेको छैन ।

राष्ट्रिय रंङगशाला दशरथ रंगशालाको मूलद्वारमा १३औँ सागमा सहभागिता जनाउने राष्ट्रहरुको होर्डिङ बोर्ड लगाउनु वाहेक सागको प्रचार प्रसार सम्वन्धि कुनै कार्य अगाडि वढाउन सकेको छैन् । यतिबेला मुलुकमा १३ औँ सागको ब्यापक प्रचार प्रसार भैसक्नु पर्नेमा १३ औं साग त्रिपरेश्वरस्थित दशरथ रंगशाला परिसरभन्दा बाहिर निस्कन सकेको छैन् । यसको वारेमा प्रचारप्रसार समितिसंग सम्पर्क गर्दा आफुहरुलाई यो बारेमा कुनै जानकारी नभएको बताए ।

प्रतियोगिता काठमाण्डौं र पोखरामा आयोजना हुने थाहा भएपनि प्रतियोगितामा कुन कुन देशका कति खेलाडीले प्रतिस्पर्धा गर्दैछन त्यसको वारेमा सम्वन्धित निकायले कुनै किसिमको खुलासा गरेको छैन् । राखेपका अनुसार १३औँ सागमा आयोजक नेपाल सहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान र माल्दिब्ससहित सात देशले प्रतिस्पर्धा गर्ने जानकारी प्राप्त भएपनि कुन देशवाट कति खेलाडीले कुन कुन खेलमा प्रतिस्पर्धा गर्दैछन् त्यो वारेमा कुनै जानकारी गराएको छैन् । पछिल्लो समयमा अफगानिस्तानले पनि १३औँ सागमा सहभागिता दिन पहल गरेको सुनिए पनि त्यसको औपचारिक जानकारी पनि कसैलाई गराएको छैन् ।

यसरी निकट भविष्यमै मुलुकमा आयोजना हुन गैरहेको अन्तर्राष्ट्रिय प्रतियोगितामा सागको वारेमा युवा तथा खेलकुद मन्त्रालय र राखेपले कुनै कुनै किसिमको जानकारी नगराउनु पछाडिको रहस्य के हो ? त्यो अहिले चर्चाको विषय बनेको छ । मंसिर १५ गतेदेखि संचालन हुने राष्ट्रकै मान सम्मान र प्रतिष्ठा गाँसिएको १३औँ सागको वारेमा अहिलेसम्म ‘चु’ समेत नगर्नुले आम खेलप्रेमीको मनमा प्रतियोगिताको आयोजनाप्रति शंका उपशंका उत्पन्न भएको छ ।

प्रतियोगिता सन्मूख आइसक्दा पनि अहिलेसम्म १३औँ साग हुने नहुने कुनै टुङ्गौ छैन् । खेलकुदका पदाधिकारी र कर्मचारीले नुनको सोझो गर्दै प्रतियोगिता हुने दाबी गरे पनि सम्वन्धित निकायले औपचारिकरुपमा १३ औँ सागको आयोजनामा लालमोहर लगाउन सकेको छैन ।