कांग्रेसद्वारा कास्की-२ को उम्मेदवारमा खेमराज पौडेलको चयन

कांग्रेसद्वारा कास्की-२ को उम्मेदवारमा खेमराज पौडेलको चयन


यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली काङ्ग्रेसले कास्की क्षेत्र नं २ मा पुराना पार्टी नेता खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय समितिको पदाधिकारी बैठकले १६ जना आकाङ्क्षीमध्येबाट पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेकोे हो । ज्ञातव्य छ, खेमराज नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाका हितैषीका रुपमा चिनिन्छन् । देउवाले पार्टी फुटाएर प्रजातान्त्रिक काङ्ग्रेस गठन गरेको बेला पौडेलले नै कास्की कांग्रेसको नेतृत्व गरेका थिए ।

पार्टीले उम्मेदवार बनाउने निर्णय गरेलगत्तै नेता नेपालले मुलुकको प्रजातान्त्रिक आन्दोलन र नेपाली समाजको रुपान्तरणमा आफूले पुऱ्याएको योगदानको मूल्याङ्कन गरेको प्रतिक्रिया दिँदै निर्वाचनमा जित हासिल गर्ने दाबी समेत गरेका छन् ।

निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाएको छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले रोमबहादुर भण्डारी, समाजवादी पार्टीले धर्मराज गुरुङ र विवेकशील नेपालीले जमुना शर्मालाई उम्मेदवारका रुपमा अघिसारेको छ ।