पूर्वसभामुख महराको थुनछेक बहस शुरु

पूर्वसभामुख महराको थुनछेक बहस शुरु


काठमाडौं जिल्ला अदालतमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा थुुनछेक बहस शुरु भएको छ । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुुनछेक बयान शुरु भएको उक्त अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए । बहस सकिएपछि उनलाई कारागारमै राखिने वा धरौटीमा रिहा गरिने भन्ने आदेश जारी हुने बताइएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दर्ता दफा ३४(३) बमोजिम जबर्जस्ती करणी उद्योगको आरोप लगाउँदै गत बिहीबार मुद्दा दर्ता गरेको थियो । संसद् सचिवालयकी एक महिला कर्मचारीमाथि भएको सो अभियोगमा गत असोज १९ गते काठमाडौं जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।