नेपाल र भारतका सर्जक सम्मिलित ‘नेपाल साहित्य महोत्सव’ हुँदै

नेपाल र भारतका सर्जक सम्मिलित ‘नेपाल साहित्य महोत्सव’ हुँदै


नेपाल भ्रमण वर्ष, २०२० को प्रवद्र्धन कार्यक्रमअन्तर्गत कात्तिक २२ देखि २४ गतेसम्म जनकपुरधाममा ‘नेपाल साहित्य महोत्सव’ हुने भएको छ । नेपाल भ्रमण वर्ष प्रदेश नं २ समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो ।

जनकपुरधामको पर्यटन प्रवद्र्धन तथा जनकपुरधामको प्रचारप्रसार गर्न महोत्सवबाट सहयोग पुग्नेछ । महोत्सवमा एघार सत्रका लागि जनकपुरधामका ६ स्थलको प्रयोग गरिने संयोजक मनिष झाले जानकारी दिनुभयो ।

जानकी मन्दिर परिसरमा रहेको विवाह मण्डप, रेल्वे स्टेशन, गोपाल धर्मशाला, गङ्गासागरको डिललगायत स्थानमा संवाद, मन्थन, प्रवचन तथा कविता वाचन गरिनेछ । उक्त महोत्सवमा जानकीबारे प्रवचन, चुरेको चिन्ता, अर्थतन्त्र र राजनीति, स्वाभिमान र अभिमान, विकासको खाका, सीमा संवाद, साहित्य सम्झनामा, मधेशको भोजन, कविता वाचन लगायत सत्र सञ्चालन हुने छन् । उक्त महोत्सवका अवसरमा तीन पुस्तकको लोकार्पण गरिनेछ ।

महोत्सवमा नेपाल र भारतका लेखक, साहित्यकार, पत्रकार र राजनीतिकर्मीको सहभागिता रहने संयोजक झाले बताउनुभयो ।