लेनिन विष्टको पक्षमा सर्वोच्चको फैसला

लेनिन विष्टको पक्षमा सर्वोच्चको फैसला


गत २०७५ भदौ ८ गते कामविशेषले थाइल्याण्ड जान लागेको बेला गृह प्रशासनको आदेशमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका थिए लेनिन विष्ट । हिंसात्मक युद्धकालमा माओवादीद्वारा बाल सेनाको रूपमा प्रयोग गरिएका विष्टलाई त्यसरी विदेश जान रोकेर फर्काउने सरकारको निर्णय असंवैधानिक भएको फैसला सर्वोच्च अदालतले गरेको छ ।

न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले थाइल्याण्ड जान लागेको बेला विमानस्थलबाट फर्काउने कार्य असंवैधानिक भएको फैसला गरेको हो । बिहीबार (१४ कात्तिक) गरिएको फैसलामा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र रुपमा आवतजावत गर्ने अधिकारलाई बन्देज गर्न नहुने र आगामी दिनमा निजविरुद्ध कुनै पनि यस्ता कार्य गर्नु नहुने उल्लेख छ ।

थाइल्याण्डको एउटा कार्यक्रममा जान लाग्दा विमानस्थलबाट फर्काउने सरकारको निर्णयविरुद्ध विष्टले २०७५ भदौ १४ गते सर्वाेच्चमा रिट निवेदन दायर गरेका थिए ।

यो पनि हेर्नुहोस्–

लेनिनलाई विमानस्थलमै रोकेपछि सरकारविरुद्ध उजुरी
https://ghatanarabichar.com/114463