कृष्णनगरमा मृत्यु हुने युवक भारतीय भएको दाबी

कृष्णनगरमा मृत्यु हुने युवक भारतीय भएको दाबी


कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोलीबाट मृत्यु हुने भारतीय नागरिक रहेको दाबी गरिएको छ । कर्फ्यु तोडेर गरिएको प्रदर्शनको नेतृत्व गरेका व्यक्तिमाथि आज (१४ कात्तिक) प्रहरीले चलाएको गोली लागेको थियो । त्यसरी गोली लागेर मृत्यु हुने सुरज कुमार भारतको सिद्धार्थ नगर जिल्लाका वासिन्दा रहेको पुष्टि भएको प्रहरीको भनाई छ ।

उनी बढ्नीसंँग जोडिएको भारतीय भूभागमा स्थायी घर भएका व्यक्ति भएको पुष्टि हुन आएको कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशम्शेर जबराले जानकारी दिएका हुन् ।

कृष्णनगरमा भएको झडपमा थप उत्तेजित तुल्याउन सुरज कुमारसहितको ठूलो समूह नेपाल भित्रिएको प्रहरीले आँकलन गरेको छ । प्रदर्शनमा सहभागी धेरै नागरिक अनुहार नचिनिएका रहेको समेत स्थानीयवासीको भनाई छ ।