प्रहरी कारबाहीमा ब्राजिलमा १७ लागुऔषध कारोबारीको मृत्यु

प्रहरी कारबाहीमा ब्राजिलमा १७ लागुऔषध कारोबारीको मृत्यु


ब्राजिलको उत्तरी क्षेत्रमा प्रहरीले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ । प्रहरी र शङ्कास्पद लागुऔषध कारोबारीहरूका बीचमा मानायुसमा झडप भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका एएफपीले जनाएको छ ।

प्रहरीद्वारा उनीहरूलाई गोली प्रहार गरिएको, त्यसपछि अस्पताल लगिएको र उनीहरूलाई अस्पतालमै मृत घोषणा गरिएको प्रहरीको भनाई छ ।

लागुऔषध प्रयोगकर्ता र कारोबारीका विरुद्धमा विषेश अभियान नै चलाएको ब्राजिलको प्रहरीले यो घटनालाई सफलताको रूपमा लिएको छ ।

घटनास्थलबाट प्रहरीले १७ वटा हतियार पनि बरामद प्रहरी अधिकारीहरूले बुधबार (१३ कात्तिक) जानकारी दिएका छन् ।

लागुऔषधको कारोवार नियन्त्रण गर्न ब्राजिलको उत्तरी क्षेत्रमा धेरै समूहले काम गरिरहेका छन् । त्यो क्षेत्र छिमेकी मुलुकहरू कोलम्बिया, पेरु र बोलिभियासँगको रणनीतिक महत्वको क्षेत्र मानिन्छ ।