दूतावासद्वारा सजगता अपनाउन आग्रह

दूतावासद्वारा सजगता अपनाउन आग्रह


■ आरके श्रीवास्तव, ओमान

ओमानस्थित नेपाली राजदूतावासले ओमानवासी नेपालीलाई केही दिनका लागि समुन्द्री किनार नजान र जानै परे विशेष सजगता अपनाउन सूचना जारी गरेको छ ।

नेपाली दूतावास ओमानले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै अरबियन सागरमा समुन्द्री छालको मात्रा अत्यधिक बढिरहेको जानकारी गराएको हो । ओमानको मौसम पूर्वानुमान विभागलाई उद्धृत गर्दै दूतावासले ट्रोपिकल चक्रवात ‘क्यार’ (Tropical Cyelone KYARR) को कारणले मौसममा परिवर्तन आइरहेको र सो समुन्द्री चक्रबात तत्कालका लागि त्यति हानीकारक नभए पनि यो केही दिनसम्म जारी रहने भएकोले यसको प्रभावले पानी पर्ने तथा मौसममा फेरबदल भइरहन सक्नेतर्फ सचेत रहन आग्रह गरेको हो ।