प्रदर्शनीमा राखिएको १८ लाख डलरको हीरा चोरी

प्रदर्शनीमा राखिएको १८ लाख डलरको हीरा चोरी


जापानी प्रहरीले शुक्रबार १८ लाख अमेरिकी डलरभन्दा बढीको चोरी भएको हीराको खोजीलाई तीव्र बनाएको छ । यो हीरा राजधानी टोकियोबाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा हराएको थियो ।

टोकियोका प्रहरी प्रवक्ताले प्रदर्शन स्थलबाट चोरी भएको बहुमूल्य हीरा खोज्न प्रहरी परिचालन गरिएको जानकारी दिए ।

योकोहामा शहरमा तीनदिने गरगहना प्रदर्शनीका क्रममा हीरा चोरिएको हो । यो हीरा करिब ५० क्यारेटको थियो । यहाँ जापान, रुस, चीन र अरू मुलुकका बहुमूल्य गरगहना प्रदर्शनमा राखिएका थिए ।

जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार जापानी कम्पनीको यो हीरा चोरिएपछि प्रदर्शनी स्थलमा खैलाबैला भएको थियो ।

रासस–एएफपी