एसियन मुवाँथाई च्याम्पियनसीप मंसिरमा

एसियन मुवाँथाई च्याम्पियनसीप मंसिरमा


दक्षिणकाली नगरपालिका र नेपाल राष्ट्रिय मुवाँथाई संघको संयुक्त आयोजनामा एसियन जोन मुवाँथाई च्याम्पियनसीप मंसिर ३ गतेदेखि आयोजना हुने भएको छ ।

प्रतियोगितामा एमेच्योर, सेमी प्रो, जुनियर र क्याडेट गरी पुरुषतर्फ १३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

अध्यक्ष कक्षपतिले जनाएअनुसार नेपालबाट १३ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् भने उनीहरुलाई विगत एक महिनादेखि अस्ट्रेलियाली प्रशिक्षक एलेक्सले प्रशिक्षण दिइरहेकोे छ ।

चार राष्ट्रको सहभागिता रहने प्रतियोगिता सञ्चालन गर्न करिव ४० लाख रुपैयाँ खर्च हुने बताइएको छ । दुईदिने प्रतियोगिताका खेलहरु फर्पिङमा हुने छन् ।