तिहारलक्षित व्यवसाय

तिहारलक्षित व्यवसाय


मखमली फूल टिप्दै महिला


भाइटीकामा दाजुभाइलाई माला लगाइदिने मखमली फूल टिप्दै भक्तपुर गुन्डुका महिला । तिहारलाई लक्षित गरी गुन्डुमा व्यावसायिक रूपमा मखमली फूलको खेती गरिन्छ ।

ढकमक्क फुलेको सयपत्री

झापाको दमक–३ का महिलाले तिहारलाई लक्षित गरी सामूहिक रूपमा गरेको सयपत्री फूलखेती । फूल प्रतिकिलो रु. ३०० मा बिक्री भएको समूहका अध्यक्ष विष्णु खड्का बरालले बताइन् ।

माटाका सामग्री

हिन्दूहरूको दशैँपछिको दोस्रो चाड तिहार नजिकिएसँगै भक्तपुरको पोटरी दरबार स्क्वायरमा माटोबाट निर्मित घैंटो, खुत्रुके, धुपौरो, पाला सुकाउन व्यस्त महिला । हिन्दू परम्पराअनुसार दीपावलीमा माटोको पालामा दियो बाल्ने चलन रहेको छ ।

रासस