राष्ट्रपति भण्डारी जापानमा, यस्तो छ कार्यक्रम

राष्ट्रपति भण्डारी जापानमा, यस्तो छ कार्यक्रम


■ एस. क्षेत्री, टोकियो (जापान)

राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माको राजकीय भ्रमण पूरा गरी जापान आइपुग्नुभएको छ । थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल आइतबार साँझ टोकियो आइपुगेको हो ।

जापान भ्रमणको क्रममा सोमबार (अक्टुबर २१) गैरआवासीय नेपाली संघ जापान र गैरआवासीय नेपाली संघ आईसीसीका निवर्तमान अध्यक्ष भवन भट्टको संयुक्त आयोजनामा हुन लागेको दिवा भोज तथा भेटघाट कार्यक्रममा राष्ट्रपति भण्डारी सरिक हुनुहुने बुझिएको छ ।

गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष देविलाल भण्डारीका अनुसार दिवा भोज तथा भेटघाट कार्यक्रम विहान ११ः३० बाट १ः३० बजे सम्म आयोजना हुनेछ ।

यसैगरी, नेपाली राजदुतावास जापानले राष्ट्रपति भण्डारीको सम्मानमा रात्रिभोज कार्यक्रम आयोजना गरेको छ ।

राष्ट्रपति भण्डारी मंगलबार (अक्टुबर २२) हुने जापानी सम्राट नोरुहितोको राज्याभिषेकमा सहभागी हुनुहुनेछ । राष्ट्रपतिसहितको नेपाली प्रतिनिधिमण्डल आगामी बुधबार स्वदेश फर्कने कार्यक्रम छ ।