आर्चरी महासंघको अध्यक्षमा गुरुङको चयन

आर्चरी महासंघको अध्यक्षमा गुरुङको चयन


बंगलादेशमा सम्पन्न दक्षिण एसियाली आर्चरी महासंघको वैठकले नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङलाई अध्यक्षमा चुनेको छ । गुरुङ चार वर्षको लागि अध्यक्षमा चुनिएका हुन् । यसअघि गुरुङ महासंघको वरिष्ट उपाध्यक्ष थिए ।

गुरुङ अध्यक्षमा चुनिएको साफका महासचिव एवम् विश्व आर्चरी एसियाका प्रथम उपाध्यक्ष तथा बंगलादेश ओलम्पिक कमिटीका कोषाध्यक्ष काजी राजीव उद्दीन अहमद चपोलले हालै जानकारी गराएका छन् । साथै गुरुङको कार्यकालमा दक्षिण एसियामा आर्चरीले फड्को मार्ने चपोलले विश्वास प्रकट गर्दै शुभकामना व्यक्त गरेका छन् ।

दक्षिण एसियाली आर्चरी महासंघको अध्यक्षमा चुनिए पछि गुरुङले प्रसन्नता प्रकट गर्दै यो सम्पूर्ण नेपालीहरुको लागि गर्वको कुरा भएको बताए । यो आफ्नो लागि अवसर चुनौंति भएको भन्दै यो जिम्मेवारीले आफुलाई अझै आर्चरीप्रति जिम्मेवार बनाएको बताए ।