मोरक्कोमा संचालन भैरहको वल्र्ड जुडो च्याम्पियनसिप जुनियरमा सोनिया भट्टले विजयी हासिल गरेकी छिन् । सोनियाले ४८ के.जी. तौल समुहमा मोजाम्विककी मुनीमी जिन्नीलाई बाजारी आवासोती इप्पोनले जित्दै इतिहास रचेकी हुन् ।
वल्र्ड च्याम्पियनसपिमा कुनै पनि नेपालीले जितेको यो पहिलो अवसर हो । पहिलो बाउट जितेकी सोनिया दोश्रो खेलमा जापानी खेलाडी वातानाबेसँग पराजित भएकी थिइन् ।
सोनियाको तौल समुहमा विभिन्न देशका ३१ जना खेलाडी सहभागी भएका थिए । नेपाली खेलाडी भट्टलाई पराजित गर्ने जापानीज खेलाडीले पाचौँ स्थान हासिल गरेकी छिन् ।
प्रतिक्रिया