नेल्सन मण्डेलाकी छोरी दक्षिण कोरियाको राजदूत नियुक्त

नेल्सन मण्डेलाकी छोरी दक्षिण कोरियाको राजदूत नियुक्त


दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला–डामिनी दक्षिण कोरियाको राजदूतमा नियुक्त भएकी छिन् । गत अक्टोबर २ मा दक्षिण कोरियाको सियोल पुगेकी जेनानीले बिहीबार कोरियाली विदेश मन्त्रालयका पदाधिकारीसँग पहिलो भेटघाट गरेकी थिइन् ।

योनहाप समाचार समितिसँग कुरा गर्दै राजदूत जेनानीले आफूले दक्षिण कोरियामा सेवा गर्ने मौका पाएकामा खुसी लागेको बताउँदै दुई देशबीचको द्विपक्षीय सम्बन्ध अझ प्रगाढ बनाउन आफूले सक्दो कार्य गर्ने बताइन् ।

उनले चाँडै दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनसमक्ष भेटघाट गर्नेछिन् । नेल्सन मण्डेला र बिन्नी मण्डेलाकी जेठी छोरी जेनानी हाल ६० वर्षकी भइन् । यसअघि उनले पाँच वर्षसम्म दक्षिण अफ्रिकाका लागि अर्जेन्टिनाको राजदूत र मरिससका लागि उच्चायुक्तको जिम्मेवारी सम्हालेकी थिइन् ।