सामान्य विवादमा युवकको बीभत्स हत्या

सामान्य विवादमा युवकको बीभत्स हत्या


सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सामा गएराति एक युवकको बीभत्स हत्या गरिएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाका विजय गोलेको हत्या भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

हत्यामा संलग्न सोही गाउँपालिकाका २३ वर्षीय मिलन स्याङ्बो र २४ वर्षीय बमबहादुर स्याङ्बो फरार छन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

शव परीक्षणका लागि मेलम्ची ल्याइएको छ । बिहीबार दिउँसो उनीहरूबीच सामान्य विवाद भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुुसन्धान भइरहेको छ ।