क्यान्सर रोगी कैदीको मृत्यु

क्यान्सर रोगी कैदीको मृत्यु


कारागार कार्यालय भरतपुरका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलु घर भई कास्कीको पोखरा बस्ने ५६ वर्षीय अर्जुन सुनार रहेका छन् ।

क्यान्सर रोगबाट पीडित उनलाई जेठ ११ गते उपचारका लागि चितवन ल्याइएको थियो । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका सुनारको उपचारकै क्रममा बुधबार राति ८ः३० बजे क्यान्सर अस्पताल चितवनमा मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।