ब्राउनसुगरसहित दुई पक्राउ

ब्राउनसुगरसहित दुई पक्राउ


प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित सिरहा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको गस्ती टोलीले गएराति गोलबजार नगरपालिका–५ असनपुरबाट लागुऔषध ब्राउनसुगरसहित स्थानीयवासी २४ वर्षीय मुनेशकुमार सिंह र २८ वर्षीय हरिशचन्द्र महतोलाई पक्राउ गरेको हो ।

स्थानीय दुर्गा यादवको कुखुरा फार्ममा लुकाएर प्लास्टिकको पोकामा तयार पारिएको अवस्थामा दुवैको साथबाट लागुऔषध ब्राउनसुगर ४३० मिलीग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

दुवैजनाले प्रयोग गरेको स.३प ७६०८ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको र पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।