बलेरोको ठक्करबाट एक महिलाको मृत्यु

चालकद्वारा प्रहरीसमक्ष आत्मसमर्पण



मध्यपुरथिमि नगरपालिका–४ एसएसचोकमा बाटो काट्दै गरेकी एक वृद्धालाई बलेरो जिपले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ ।

भक्तपुरबाट काठमाडौतर्फ जाँदै गरेको बा१४च १६८६ नंको बलेरो जिपले ठक्कर दिँदा पैदलयात्री ओखलढुङ्गा लिखु गाउँपालिका–६ घर भई हाल मध्यपुरथिमि–४ एसएसचोक बस्ने ७६ वर्षीया लक्ष्मीदेवी भट्टराईको मृत्यु भएको हा ।

महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएअनुसार तीव्रगतिमा आएको बलेरोले जेब्राक्रसिङबाट बाटो काटिरहेकी महिलालाई ठक्कर दिएर फरार भएका चालक काभ्रे बेथानचोक गापा–३ घर भई हाल काभ्रे भैँसेपाटी बस्ने २४ वर्षीय विनोद घिमिरेले प्रहरी वृत्तमा मध्यपुरथिमिमा आत्मसमर्पण गरेका छन् ।

प्रतिक्रिया