विप्लवका दाजुसहित नेकपाका एक्काइस नेता पक्राउ

विप्लवका दाजुसहित नेकपाका एक्काइस नेता पक्राउ


विप्लव नेतृत्वको नेकपाका २१ नेता तथा कार्यकर्ता दाङबाट पक्राउ परेका छन् । नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उक्त पार्टीको राप्ती ब्यूरो बैठक भइरहेको भन्ने सूचना प्राप्त भएपछि बैठकस्थल पुगेको प्रहरीको टोलीले गएराति १ः०० बजे उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।

पक्राउ पर्नेमा नेकपा केन्द्रिय सदस्य एवम् मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजङ्ग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सुवास बाठा, युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्ताहरु छन् ।

ज्ञातव्य छ, वीरजङ्ग विप्लवका सहोदर दाजु हुन् ।