किमाथाङ्का नाकाबाट सुन तस्करी गर्ने तोप्चेन पक्राउ

राजश्व अनुसन्धान कार्यालयको जिम्मा लगाइँदै



सङ्खुवासभाको भोटखोला गाउँपालिकाबाट पाँच किलोग्राम सुनसहित पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटेलाई जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले सार्वजनिक गरेको छ ।

चीनको तिब्बतबाट जिल्लाको किमाथाङ्का नाका हुँदै ठूलो परिणामको सुन ल्याइँदै गरेको विशेष सुराकीका आधारमा चेपुवा प्रहरीले तोप्चेनलाई भोटखोला–२ लिङ्गमको घट्टेखोलाबाट पक्राउ गरेको थियो ।

प्रहरीले सोमबार तोप्चेनको झोला खानतलासी गर्दा ज्याकेटको गोजीभित्र रातो टेपले बाँधेर राखेको अवस्थामा पाँच थान टिल सुन फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख मिम लामाले जानकारी दिए । सुनसहित पक्राउ परेका उनलाई राजश्व अनुसन्धान कार्यालय हरिहर भवन ललितपुरको जिम्मा लगाइँदै छ ।

प्रतिक्रिया