कपिलवस्तु राजस्व कार्यालयमा दशैँपछि बढ्यो भीड

कपिलवस्तु राजस्व कार्यालयमा दशैँपछि बढ्यो भीड


कपिलवस्तुस्थित आन्तरिक राजस्व कार्यालय (कृष्णनगर)मा सेवाग्राहीको ठुलो भीड लागेको छ । दसैँबिदा सकिएलगत्तै सेवाग्राहीहरुको संख्यामा वृद्धि भएको आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत पुण्यप्रसाद न्यौपानेले जानकारी दिए ।

सेवाग्राहीलाई सजिलो होस भनेर राजस्व कार्यलयमा नेपाल बैंकले सेवा दिइरहेको छ । कर कार्यलयले छिटोभन्दा छिटो सेवा दिने भने पनि अडिट नमिलेका प्राविधिक कुरा सेवाग्राहीले चुस्त दुरुस्त बनाउन नजानेका कारण पनि काममा ढिलाई हुने गर्दछ ।

प्रमुख करअधिकृत न्यौपानेका अनुसार कर्मचारी थोरै हुँदा पनि मुस्कानसहितको सेवा दिन कर्मचारीहरुले विहान ७ बजेदेखि बेलुका ७ बजे सम्म सेवा दिइरहेको उनको भनाई छ । कर कार्यालयमा अर्घाखाँची, कपिलवस्तुका सेवाग्राहीले सेवा लिने गर्दछन् मुस्कानसहितको सेवा आफ्नो पहिलो प्राथमिकता रहेको न्यौपानेको भनाई छ । कर कार्यलयमा प्रमुख करअधिकृत आएपछि निकै रचनात्मक सेवामुखी, जनमुखी छिटोछरितो काम भइरहेको कतिपय सेवाग्राहीको भनाई छ ।