नेकपाका सांसद पार्वत गुरुङविरुद्ध पक्राउ पुर्जी जारी

नेकपाका सांसद पार्वत गुरुङविरुद्ध पक्राउ पुर्जी जारी


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद तथा नेकपाका केन्द्रीय सदस्यसमेत रहेका पार्वत गुरुङविरुद्ध ज्यान मार्ने उद्योग अभियोगमा पक्राउ पुर्जी जारी भएको छ ।

तत्कालीन नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा दोलखाबाट विजयी गुरुङविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

०७४ वैशाखको स्थानीय चुनावलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा भएको आक्रमणमा खड्काले सांसद गुरुङसमेतको संलग्नता रहेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए ।

सांसद गुरुङले यो राजनीतिक प्रकृतिको मुद्दा भएको भन्दै पक्राउ पुर्जी जारी गरेको जानकारी भएको स्वीकार गरेका छन् ।