दशैँतिहारको उपलक्ष्यमा दूतावासले शुभकामना अदानप्रदान गर्ने

दशैँतिहारको उपलक्ष्यमा दूतावासले शुभकामना अदानप्रदान गर्ने


■ आरके श्रीवास्तव, ओमान

नेपाली राजदूतावास मस्कट ओमानले दशैं, तिहार, छठ पर्व तथा नेपाल संवत् १४४० संयुक्त अवसर पारेर शुभकामना अदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । आउँदो १९ अक्टोबर २०१९ (२ कार्तिक २०७६) शनिबारका दिन साँझ ४ बजे कार्यक्रम आयोजन गरिने जनाइएको छ ।

मस्कटस्थित राजदूत निवासको हलमा कार्यक्रम राखिएको बताइएको छ । यस अवसरमा सत्यराज आचार्य तथा स्वरूपराज आचार्य र अन्य स्थानीय कलाकारहरूको द्वारा सांगीतिक प्रस्तुति प्रस्तुत गरिने छ । कार्यक्रमको लागि औपचारिक तथा नेपाली पहिरन अनिवार्य गरिएको छ ।

कार्यक्रमबारे थप जानकारीको लागि ७१५९२४९० नम्बरमा सम्पर्क गर्नको लागि दूतावासले आग्रह गरेको छ । ओमानमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरू लाई शुभकामना साटासाट गर्नको लागि कार्यक्रममा उपस्थिति जनाइदिनु हुन नेपाली राजदूतावास मस्कट ओमानले अनुरोध गरेको छ ।